नेकपा एमाले निकट निजामती कर्मचारी सङ्गठनको केन्द्रीय सदस्यमा कैलालीबाट गणेश पनेरु निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न महाधिवेशनबाट पनेरु केन्द्रीय सदस्य चयन भएका । उनी कैलालीबाट यस अघि पनी केन्द्रीय सदस्य रहेका थिए । पनेरु कैलालीको गोदावरी नगरपालिकामा कार्यरत छन् । पनेरु क्षतावान तथा स्वच्छ छवीका निजामती कर्मचारी हुन् । १३ वर्ष पहिला २०६८ सालमा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका उनी अहिले सुब्बा पदमा कर्यरत छन् । उनले निजामती सेवामा प्रवेश पछी कञ्चनपुर, डढेल्धुरा र कैलालीका विभिन्न कार्यलयमा सेवा गरेका छन् । पनेरुसंग कर्मचारीहरुको साझा संगठन आधिकारीक ट्रेडयुनियन महासंघको डडेल्धुरा जिल्ला उपाध्यक्ष र पेशागत महासंघ नेपालको सुदूरपश्चिम सह–ईन्चार्ज भएर काम गरेको अनुभव छ ।
यस्तै निजामती कर्मचारी सङ्गठनको केन्द्रीय सदस्यमा तथा कैलाली जिल्ला ईचार्ज भएर काम गरिसकेका पनेरु दोस्रो कार्यकालको लागी केन्द्री सदस्य पदमा निर्विरोध चयन भएका हुन् ।
यस्तै समितिको केन्द्रीय अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन् । संगठनले नै पहिलो महिला नेतृत्व पाएको छ । वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभासप्रसाद साह निर्वाचित भए । गौतम अध्यक्ष दावेदार थिए, सर्वसम्मतट नेतृत्व चयन भएको पेशागत महासघका अध्यक्ष पुण्य ढकालले जानकारी दिए ।
संगठनको उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी र विजया लक्ष्मी सुवेदी निर्वाचित भएका छन् । भने महासचिवमा रामचन्द्र अधिकारी, उपमहासचिवमा वामदेव ओली, सूर्यबहादुर कुँवर, कमला दाहाल चयन भएका छन् ।
यस्तै सचिवमा देवी पराजुली, राजबहादुर पछाईं, टीपी भण्डारी, ओम कढायत, गोविन्द अधिकारी र कार्यालय सचिवमा पदमबहादुर शाही चयन भएका छन् । 
यस्तै प्रदेश इन्चार्जमा कोशी धुव्रबहादुर कार्की, मधेश नौंतम पोख्रेल, बागमती विष्णु अर्याल, गण्डकी भरत भुषाल, लुम्बिनी कविसिंह कठायत, कर्णाली तुलाराम गिरी, सुदूरपश्चिम प्रकाशबहादुर खड्का र उपत्यका विशेष प्रदेश गणेशप्रसाद आचार्य चयन भएका छन् ।
यस्तै लेखापरीक्षण आयोग संयोजकमा गोकर्ण कोइराला, सचिवः राजेन्द्र कार्की, अनुशासन आयोग संयोजकमा अम्विका धमला, सचिव शंकर भट्टराई, नीति अनुसन्धान आयोग संयोजकमा कमलबहादुर खत्री, सचिवः काशीराम आचार्य र विज्ञान प्रविधि आयोग संयोजकमा विष्णु कुमारी अधिकारी र सचिवमा कवि तिम्सिना चयन भएका छन् ।