Top Navigation
  • Home
  • हाम्रो बारे
    • इतिहास
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाचार
  • बिचार
  • अर्थ
  • स्वास्थ्य
  • शिक्षा
  • राजनीति
  • अन्य
    • सम्पादकीय
    • जीवनी
    • फिचर
    • स्थानीय सरकार
    • कवि
    • राजनीति
  • Home
  • हाम्रो बारे
    • इतिहास
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • समाचार
  • बिचार
  • अर्थ
  • स्वास्थ्य
  • शिक्षा
  • राजनीति
  • अन्य
    • सम्पादकीय
    • जीवनी
    • फिचर
    • स्थानीय सरकार
    • कवि
    • राजनीति
Search Here
समाचार
  • Home
  • समाचार
  • सहकारी समस्याबारे सर्वोच्चले माग्यो लिखित जवाफ
सहकारी समस्याबारे सर्वोच्चले माग्यो लिखित जवाफ कर्जा सूचना केन्द्र अनि कर्जा असुली न्यायाधीकरण गठनको प्रक्रियाबारे जवाफ माग
९ पुस, काठमाडौं।
९ पुस, काठमाडौं। मंगलबार, पुस ९, २०८१

 

सर्वोच्च अदालतले सहकारी समस्या समाधानका लागि सरकारले गरेको कामकारवाहीको प्रगति विवरण पठाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले विभिन्न सरोकारवाला निकायहरुलाई सहकारी क्षेत्रमा देखिएको समस्या सम्बोधनका लागि भएको प्रयासवारेको विवरण पठाउनु भनेको हो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अनि भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयलाई सहकारी विशेष छानविन प्रतिवेदन कार्यान्वयनको वारेमा भएको प्रगति विवरण पठाउन आदेश दिएको हो ।अनि सहकारी संस्थाहरुमा देखिएको समस्या समाधान गर्न नयाँ कानून निर्माण र अहिले भइरहेको कानून संशोधनको प्रयासका वारेमा पनि विवरण मगाएको हो ।

सर्वोच्चले वचत तथा ऋण सहकारी संस्था निगमन गर्न अनि ५ लाखसम्मको बचतको रकम फिर्ता गराउने व्यवस्था कार्यान्वयनको प्रगति विवरण मगाएको हो ।सहकारी पीडितहरुको बचत रकम फिर्ताको योजनाका साथै कर्जा सूचना केन्द्र अनि कर्जा असुली न्यायाधीकरण गठनको प्रक्रियाबारे समेत सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।सहकारीहरुको नियमन र अनुगमनका लागि राष्ट्र बैंकले गरेको कामकारवाहीका वारेमा समेत सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी लगायतले सहकारी समस्या समाधानका लागि सरकारले पहल नगरेको र सहकारी पिडितहरुको बचत फिर्ताको कुनै पहल नभएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।निवेदनमाथिको सुनुवाईपछि सर्वोच्च अदालतले प्रतिवेदन कार्यान्वयनको अवस्था अनि सुझाव कार्यान्वयनका लागि भएको प्रयासवारे जवाफ मागेको हो ।


प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धनगढी र गौरीगंगाबाट लागुऔषधसहित ५ जना युवक पक्राउ
धनगढी र गौरीगंगाबाट लागुऔषधसहित ५ जना युवक पक्राउ बिहीबार, चैत २१, २०८१
कैलालीमा ६ लाख २८ हजार मुल्यको अवैध सामान बरामद  
कैलालीमा ६ लाख २८ हजार मुल्यको अवैध सामान बरामद   बिहीबार, चैत २१, २०८१
राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता चैत २९ गते हुने
राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिता चैत २९ गते हुने बुधबार, चैत २०, २०८१
कैलालीको गोदावरी क्षेत्रबाट लागुऔषधसहित समातिए २ महिलासहित चार जना युवा
कैलालीको गोदावरी क्षेत्रबाट लागुऔषधसहित समातिए २ महिलासहित चार जना युवा मंगलबार, फागुन २७, २०८१
 कांग्रेस सभापति देउवाको स्वागतमा लगाइएका धनगढीमा झन्डा आन्दोलनरत विद्यार्थीले हटाए
 कांग्रेस सभापति देउवाको स्वागतमा लगाइएका धनगढीमा झन्डा आन्दोलनरत विद्यार्थीले हटाए आइतबार, फागुन २५, २०८१
टिकापुरमा नगरप्रमुख र कार्यपालिका सदस्यबिच विवाद, कार्यकक्षमा ताला
टिकापुरमा नगरप्रमुख र कार्यपालिका सदस्यबिच विवाद, कार्यकक्षमा ताला शुक्रबार, फागुन २३, २०८१
अस्मिता र महेशले कसे लगनगाँठो
अस्मिता र महेशले कसे लगनगाँठो शुक्रबार, फागुन २३, २०८१
Contact Us

सम्पर्क नम्बर :

+९७७ ९८५८४२१७७२
इमेल : [email protected]

ठेगाना :

घोडाघोडी नगरपालिका १ सुखड,कैलाली
Team
प्रकाशक/सम्पादक निशा उपाध्याय
सम्पादक खेमराज जोशी
Follow us on Twiitter
Like us on Facebook
© 2025 Ghodaghodi Sandesh. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्